
काठमाडौँ, ११ चैत । नेपाल प्रहरीमा थपिएका तल्लो तहका २० हजा पदमा बढुवा प्रक्रिया सुरु भएको छ ।
तल्लो तहका प्रहरी अधिकारीहरुको मनोबल उच्च बनाउन बढुवा गर्नुपर्ने भन्दै बढुवा गर्न लागिएको हो ।
प्रहरी नियमावली, २०७१ को ९औं संशोधनमार्फत जवान र हवल्दारको बीचमा प्रहरी सहायक हवल्दार, हवल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हवल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायव निरीक्षक पद सृजना गरिएको थियो ।
यस पटक वरिष्ठताका आधारमा बढुवा गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । नियमवली संशोधनपछि तीन पदमा गरेर २० हजार चार सय १९ प्रहरीको बढुवा हुनेछ ।














प्रतिक्रिया