
दमौली, ११ चैत । । तनहुँको शुक्ला गण्डकी नगरपालिकाका दुई जना वडाध्यक्ष र नेकपा एकीकृत समाजवादीका नगर कमिटी सचिवसहितका तीन वटा वडा कमिटी एमालेमा समाहित भएका छन् ।
शुक्रवार आयोजित कार्यक्रममा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ,वडा नम्बर ७ का वडाध्यक्ष दीर्घबहादुर थापा तथा तीन वटा वडा कमिटी एमालेमा समाहित भएका हुन् ।
नेकपा एस निकट अनेरास्ववियूका गण्डकी प्रदेश सचिव गोविन्द महतसहित सो संगठनको जिल्ला कमिटी पनि एमालेमा समाहित भएको अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले बताए ।
















प्रतिक्रिया