७ कार्तिक २०८३, शनिबार

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दर्ज्यानी चिन्ह प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका पाँच जना अधिकृतहरु तथा सशस्त्र प्रहरी उपरीक्षक पदमा अवकास पूर्व विषेश बढुवा भएका एक जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा हिजो बिहीबार आयोजित बिषेश समारोहमा उल्लेखित पदको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

त्यस अवसरमा महानिरीक्षक खनालले पदोन्नति वृत्तिविकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्दै उनीहरूले संगठनमा रहेर प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकार तथा संगठनले पदोन्नति गरेको बताए ।