पाल्पा । पाल्पाले पनि यस्ता थुप्रै कलाकार जन्माएको छ जो आज राष्ट्रिय स्तरमा चर्चामा रहेका छन । कोहि कलाकार आफुलाई गीतसंगीतमार्फत राष्ट्रिय स्तरमा परिचित बनाएका छन् त कोहि अभिनय मार्फत आफुलाई परिचित बनाएका छन् । कलाकार जन्माउनेमा पाल्पा जिल्ला पनि निकै अगाडि मानिन्छ । पाल्पामा जन्मेर आज राष्ट्रिय स्तरमा चर्चा कमाएका केहि चर्चित कलाकारहरुको खोजी :
– महानायक राजेश हमाल
पाल्पाको भैरवस्थानमा जन्मिएका राजेश हमाल आज नेपाली चलचित्रक्षेत्रमा महानायकको उपाधि समेत पाइसकेका छन ।
हालसम्म ३ सय भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका उनी पाल्पाको मिसन अस्पतालमा जन्मिएको कुरा केहि समय घि पाल्पा महोत्सवमा आउँदा उनी आफैले बताएका थिए ।
युगदेखि युगसम्म बाट आफनो अभिनय यात्रा सुरु गरेका हमालले कुनै समयमा नेपालको चलचित्र क्षेत्रमा एक्लो राज गरेका थिए ।
– नायक धिरेन शाक्य
कुनैबेला चल्तिका नायक मानिने धिरेन शाक्य पछिल्लो समयमा चलचित्रमा कम देखिन थालेका छन् । पाल्पाको तानसेनमा जन्मिएका उनी २ दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।
यसरी पाल्पामा जन्मिएर राष्ट्रिय स्तरमा चर्चा कमाउनेमा उनको नाम पनि अग्रपंक्तिमै आउँछ ।
उनी पछिल्लो समयमा भने चलचित्रमा अलि कम देखिन थालेका छन् ।
– लोकगायक बद्री पंगेनी
गीतसंगीत क्षेत्रमा अत्यन्त चर्चाको शिखरमा रहेका पाल्पाली कलाकार हुन बद्री पंगेनी ।
पाल्पाको रापुरमा जन्मिएका उनी गीतसंगीत क्षेत्रमा अत्यन्त चर्चाको शिखरमा रहेका छन् ।
३ दर्जन बढी एल्बम बजारमा ल्याइसकेका उनी बिशेष गरी गीतसंगीतमार्फत दर्शक/श्रोतालाई रुवाउने कलाकारका रुपमा समेत परिचित छन् ।
– गायक शिरीष देवकोटा
पाल्पाको दर्लमडाँडा गाबिसमा जन्मिएका शिरीष देबकोटा गीतसंगीत क्षेत्रमा राष्ट्रियस्तरमा परिचित छन् । बिषेशगरी आफनै एल्बम र आफै लेखेका गीतमा बढी स्वर दिने उनी २०५९ सालदेखि निरन्तर गीतसंगीत क्षेत्रमा सक्रिय छन् । पछिल्ला बर्षहरुमा उनको व्यस्तता देश तथा विदेशमा हुने कार्यक्रममा समेत बढदो छ । उनको ‘मत आउँने थिइन यहि चाल होला भन्याभा’ बोलको रोइला गीत अझपनि चर्चाको शिखरमा रहेको छ । उनलाई बिशेष रोइला गायकको रुपमा चिनिदै आइएको छ ।
– गायक पुश्कल शर्मा
दर्शक श्रोतामा मार्मिक गीत गाएर भाबुक बनाउने क्षमता भएका गायक हुन पुश्कल शर्मा ।
सानै उमेरदेखि लोक गीत गुनगुनाउने शर्मा यतिबेला लोकसंगीतमा जमेका छन् ।
पाल्पाको बौघापोखराथोक ५ लुहुङमा जन्मिएका शर्माले हालसम्म १ सय बढी गीतसंगीतमा स्वर दिइसकेका छन् ।
उनी राष्ट्रिय लोकदोहरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय सदस्य समेत रहेका छन् ।
– हेमन्त शर्मा
श्रोतामाझ अत्यन्त लोकप्रिय मानिने चर्चित आधुनिक गायक हेमन्त शर्मा पनि पाल्पाली नै हुन ।
पाल्पाको अर्गली गाबिसमा जन्मेका उनी पनि राष्ट्रिय स्तरमा परिचित छन् ।
हाल उनको परिवार भैरहवामा रहेका छन् ।
मेला महोत्सवमा देश तथा विदेशका कार्यक्रममा उनको पनि व्यस्तता बढी नै हुने गर्दछ ।
– गायक नबिन पौडेल
पाल्पामा जन्मिएर राष्ट्रिय स्तरमा चर्चा कमाउने अर्का कलाकार हुन नबिन पौडेल ।
दर्जन बढी गीतमा आफनो सुरिलो स्वर दिइसकेका उनी पाल्पाको दर्लमडाँडामा जन्मिएका हुन् ।
उनको पछिल्लो समयमा स्टेज कार्यक्रममा व्यस्तता बढदो छ ।
पाल्पा बढेका हुर्केका गायक पनि हुन् पौडेल ।
– गायक अर्जुन कौशल
पाल्पामा जन्मेर चर्चाको शिखरमा रहेका अर्का आधुनिक गायक हुन अर्जुन कौशल ।
पाल्पाको अर्गली गाविसमा जन्मेका उनले हालसम्म ६० वटा भन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।
त्यस्तै लोकगायक नारायण रायमाझी पनि पाल्पाली नै हुन । पाल्पाको झडेवा स्थानिय घर भएका उनी पछिल्लो समय चलचित्र निर्देशकका रुपमा समेत परिचित छन । अर्का लोकगायक दुर्गा रायमाझी पनि चर्चाको शिखरमै रहेका छन् । उनी पनि पाल्पाकै हुन । त्यस्तै चर्चित गायक इन्द्र जिसी, गायिका श्रीदेबी देवकोटा, लोकगायक हुम गैरे, लोकगायक कृष्ण रानाभाट पनि पाल्पाली नै हुन जो आज पाल्पाली भएर पनि राष्ट्रमा परिचित छन् । यि बाहेक पाल्पामा जन्मेका धेरै कलाकारहरु छन जो आज राष्ट्रिय स्तरमा चर्चामा रहेका छन् ।
प्रस्तुती/सुशिल नेपाल






















प्रतिक्रिया