७ कार्तिक २०८३, शनिबार

‘रञ्जना सिनेप्लेक्स’को नामबाट सञ्चालनमा आयो न्यूरोडको रञ्जना सिनेमा हल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आएको छ ।

बन्द भएको वषौंपछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो । आज शुक्रबारदेखि सञ्चालनमा आउने रञ्जना सिनेमामा ३ वटा अडिटोरियम रहेका छन् ।

१३०, १८० र २५१ सीट क्षमताका भिन्नभिन्नै अडिटोरियमहरु अत्याधुनिक सेवा सुविधाका साथ सञ्चालनमा आएको छ ।

सञ्चालक नरेन्द्र महर्जनका अनुसार सिनेमा प्रोजेक्सनलाई स्तरिय बनाउन फोरके प्रोजेक्सन राखिएको छ । यस्तै नेपालमै पहिलो पटक एलडब्ल्यू साउण्ड सिष्टम जडान गरिएको छ । थ्रीडी चलचित्रका पारखीहरुलाई लक्षित गरि हलमा थ्रीडी सिस्टम पनि हलमा जडान गरिएको छ ।

काठमाडौंको मुख्य व्यापारिक केन्द्र मानिने न्यूरोड मानिसहरुको अत्याधिक चाप हुने स्थान हो । सो स्थानमा अर्को चलचित्र हल नहुँदा रञ्जनाको पुरानो इतिहास दोहोरिन सक्ने पूर्वानुमान गर्न सकिन्छ ।

२०१४ सालदेखि सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो चलचित्र हल मध्येको एक हो । कुनै समय चलचित्र प्रदर्शनका लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका थिए ।

२०७१ साल साउन २५ गतेदेखि रञ्जना ट्रेण्ड सेन्टर सञ्चालनमा आएको हो । सोही समयदेखि रञ्जना सिनेमा पुनः सञ्चालनको तयारी भएको थियो । विभिन्न ग्रुपले उक्त चलचित्र हल सञ्चालनका लागि तयारी गरेका थिए ।

कालु गुरुङ, वीरेन्द्र नारायण महर्जन र नरेन्द्र महर्जनको टिमले सञ्चालन गरेको हलमा बिहीबार साँझ विशेष शो आयोजना गरिएको थियो ।