१४ कार्तिक २०८३, शनिबार

यसरी भयो धादिङमा एकाबिहानै लासको बिस्कुन… (हेर्नुस् फोटोहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bus-accident-Dhading3

धादिङ, ९ वैशाख । पशुपति दर्शन गरेर फर्किएका यात्रु चढेको बस धादिङमा एकाबिहानै दुर्घटनाग्रस्त भयो । सडकबाट एक सय मिटर तल खसेको बस टुक्रा टुक्राझैँ भएको छ ।

त्रिभुवन राजपथको झ्याप्लेखोलामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लका अनुसार मृत्यु हुनेमा आठ महिला र नौ पुरुष रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । तेह्र जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय तीर्थयात्री बोकेको जिजेड १४ एक्स १९०० नम्बरको दुईतले बस नौबिसे गाविस वडा–८ झ्याप्ले खोलास्थित सडकबाट करिब ३०० मिटर तल भिरमा खसेको हो । एक सवारी साधनलाई उछिनेर अर्को मोटरसाइकललाई ठाउँ दिन खोज्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पशुपतिनाथको दर्शन गरेर भारतको गोरखपुरका लागि छुटेको सो बसमा ४५ तीर्थालु रहेको बताइएको छ । घाइतेहरुको काठमाडौँस्थित शिक्षण अस्पताल र नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी उद्धार कार्यमा जुटेका थिए । सशस्त्र प्रहरीको विशेष तालिम प्राप्त उद्धारकर्तासमेत उद्धारमा सहभागी भएको दुर्घटनास्थलमा खटिनुभएका सशस्त्र प्रहरी बल नीलबाराही गण काठमाडौँका कालीदास भौवुजीले बताउनुभयो । घटनास्थलमा उद्धार कार्य जारी छ ।

Bus-accident-Dhading8 Bus-accident-Dhading7 Bus-accident-Dhading6 Bus-accident-Dhading5 Bus-accident-Dhading4 Bus-accident-DhadingBus-accident-Dhading3 Bus-accident-Dhading2