७ कार्तिक २०८३, शनिबार

कास्की जिल्ला अदालतमा प्रवेश गरी तोडफोड गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कास्की, १० चैत । कास्की जिल्ला अदालतको परिसरभित्र अनाधिकृत प्रवेश गरी तोडफोड गरेको अभियोगमा पोखरा महानगरपालिका–१५ टुटुङ्गा बस्ने २७ वर्षीय अर्जुन परियार (दावा) लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–६ बैदामस्थित उक्त अदालतमा बुधबार राति प्रवेश गरी १ नम्बर इजलास र ६ नम्बर इजलासको कोठाको ढोकामा लगाएको ताला फोडिएको अवस्थामा रहेको घटनामा संलग्न रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरीले पक्राउ गरेको हो ।

निज विगतमा समेत विभिन्न मुद्दामा संलग्न रहेको र लागूऔषध कसूरमा कारागारबाट गत फागुन २३ गते थुनामुक्त भएको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई कास्की जिल्ला अदालतबाट नकबजनी चोरी उद्योग र आपराधिक उपद्रव मुद्दामा ८ दिन म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।