– निमकान्त पाण्डे
यूएई । वैदेशिक रोजगारीमा गएका प्रवासी नेपालीहरुलाई अब यूएईमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने भएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा यूएईको नेपाली संस्था एभरेष्ट इन्टरनेसनल कन्सल्टेन्सीले प्रवासी नेपालीहरुको नि:शुल्क मेडिकल चेकजाँच गर्ने जनाएको छ ।
बैदेशिक रोजगारीमा आउने नेपालीहरुको मौसमसँगै बदलिएको जीवनशैलीका कारण विभिन्न रोगहरुबाट प्रभावित हुने हुँदा शारीरिक निष्क्रियता, मोटोपना, असन्तुलित खानपान, मदिरा तथा धूमपानको प्रवृत्ति, मानसिक तनाव लगायतका कारण हृदयाघात, सुगर तथा अन्य बिभिन्न समस्या देखा पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै नेपालीहरुको स्वस्थ्य सम्बन्धी हितलाई ध्यानमा राखेर निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको आयोजक एभरेष्ट इन्टरनेसनल कन्सल्टेन्सीका प्रोपाइटर सालिक सुवेदी बताए ।
उनका अनुसार निःशुल्क स्वास्थ्य परीक्षण दुबई र सारजाहलाई सेन्टर पारेर अल्मुला पल्जा नजिकै रहेको थुम्बय हस्पिटलमाआगामी शुक्रबार मे १ मा बिहान ९ बजे देखि ५ बजे सम्म गरिने छ ।
आयोजकले सम्पूर्ण प्रवासी नेपाली सम्बद्ध संघसस्था व्यक्तिलाई उपस्थित भइदिन आग्रह समेत गरको छ । आउन जान यातायातको समेत ब्यबस्था गरेको आयोजकले जनाएको छ ।
अहिले प्रत्येक व्यक्तिले आफुले अपेक्षा गरे भन्दा हर कसैलाई (मधुमेह) सुगर, डाइबेटिज, बल्ड प्रेसर अत्यधिक मात्रामा देखा परेका कारण कोलेस्टेरोल, मोटोपन र उच्चरक्तचाप जस्ता हृदयाघातका कारण बर्षेनी बैदेशिक रोजगारीमा आउने नेपालीहरुको दुःखद निधनलाई मध्यनजर गर्दै स्वास्थ्य लाभका लागि निःशुल्क उपचारको व्यवस्गा गरिएको संयोजक सुबेदीले जानकारी दिए ।
















प्रतिक्रिया