७ कार्तिक २०८३, शनिबार

राप्रपा र विवेकशील साझा एकताको अन्तिम चरणमा, संवैधानिक राजतन्त्रमा सहमति!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टी एकीकरणको अन्तिम रुप दिने तयारीमा जुटेका छन्। पार्टीको नाममा विवाद कायम रहे पनि अन्य विषय टुंगो लागिसकेको उच्च स्रोतले दाबी गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, धवल शमशेर राणा र विवेकशील साझाका संयोजक रविन्द्र मिश्रबीच संवैधानिक राजतन्त्रमा सहमति भइसकेको दाबी गरिएको छ। पार्टीको नाम नयाँ राखेर चुनाव चिन्ह पनि परिवर्तन गर्नुपर्ने अडानमा मिश्र रहेका छन्।

वैकल्पिक र ठूलो शक्ति निर्माणका लागि दुवै पार्टी एकीकरणको प्रक्रियामा अघि बढ्ने र आगामी संघीय चुनावमा मूलधारका पार्टीलाई धक्का दिने रणनीति तय गरिने राप्रपाका एक नेताले बताए।

‘सिद्धान्त संवैधानिक राजतन्त्रसहित लोक कल्याणकारी प्रजातन्त्र मान्नेमा सहमति भएको छ, केही प्राविधिक विषयमा सहमति हुनासाथ एकीकरण प्रक्रिया अघि बढ्नेछ’, राप्रपाका ति नेता भन्छन्,‘अहिले सबै विषय खुलाउने बेला भएको छैन, एकता हुन्छ।’

यो एकीकरणको छलफलको जगमा नै विवेकशील साझाका संयोजक मिश्रको धारणा सार्वजनिक हुँदा पार्टीमा विवाद उत्पन्न भएको थियो। राप्रपामा लिङ्देनको उदय र मिश्रको धारणाको मेल हुने देखिएपछि एकीकरणका लागि छलफल अघि बढेको थियो।