७ कार्तिक २०८३, शनिबार

निर्वाचित दुई जना केन्द्रीय सदस्यले राप्रपा त्यागेर राप्रपा नेपाल रोजे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । राजेन्द्र रिङ्देन अध्यक्ष रहेको राप्रपाका निर्वाचित केन्द्रीय सदस्यद्वय पदमबहादुर तामाङ (संखुवासभा) र मदिना खातुन (लमजुङ) ले राप्रपा परित्याग गरेका छन् ।

राप्रपा परित्याग गर्दै तामाङ र खातुनले राप्रपा नेपालमा क्रियाशील हुने बताएका छन् ।

अध्यक्ष कमल थापाले बिधान बमोजिम दुबैलाई केन्द्रीय सदस्यमा मनोनित गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।