७ कार्तिक २०८३, शनिबार

आजको मौसम : पाँच प्रदेशका विभिन्न ठाउँमा वर्षाको सम्भावना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

राति पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । भोलि शुक्रबार दिउँसो प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।