३० आश्विन २०८३, शुक्रबार

दाङमा रिक्सा चलाउँदै गगन थापा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-thapa-riksa-driver

काठमाडौं, ९ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापा जहिले पनि चर्चामा रहने गर्छन् । राजनीतिमा युवा नेताको छुट्टै छाप बनाएका थापा भर्खरै मात्र विश्वको युवा नेतामा चुनिएर चर्चामा आएका थिए ।

व्यवस्थापिका संसद अन्तर्गत कृषि तथा उर्जा समिति सम्हालेका नेता थापा मंगलबार भने रिक्सा चालकको भुमिकामा देखिएका छन् । काठमाडौंमा चारपाङ्गे सवारीमा यात्रा गर्ने थापा दाङ पुगेर रिक्सा चालक बनेका हुन् ।

दाङमा भित्र्याइएको वातावरणमैत्री रिक्सा चलाउँदै गर्दा नेता थापा एउटा कुशल ‘ड्राइभर’ जस्तै देखिएका थिए । तर, नेता भएकाले सधैका लागि रिक्सा चालक बनेनन् । रिक्सामाथि चढेका मात्रै हुन् । शारिरीक रुपमा वल बढी पर्ने रिक्साको विकल्पमा हालै नेपालमा पनि प्रवेश गराइएको इलेक्ट्रिकल रिक्सा चलाउँदै गरेको अवस्थामा थापा दाङमा भेटिएका हुन् ।

रिक्सा व्यवसाय गर्ने शुभेच्छुकको रिक्सा उद्घाटन गरेर थापा रिक्सा चालक बनेका हुन् । अक्षय तृतियाको शुभसाइतमा रिक्सा व्यवसायको उद्घाटन भन्दा पहिले थापाले रिक्सामा विश्वकर्माको पूजा समेत गरेका थिए ।

रिक्सा चलाएर थापाले केही समयका लागि भएपनि फरक अनुभुति गरेका थिए । व्यवसायीहरुको सुरक्षामा सरकारले लगानी गर्नुपर्ने धारणा समेत राखेका थिए ।