१४ कार्तिक २०८३, शनिबार

कीर्तिमानी आरोहीबाट आर्शिवाद लिएर काम थाले एमाले युवा नेता थापाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surya-Thapa-Min-bahadur-sherchan

काठमाडौँ, ९ वैशाख । पार्टीको स्थायी समितिले कार्यविभाजन गरेपछि नेकपा एमालेका केन्द्रीय नेताहरुले विभागीय जिम्मेवारी ग्रहण गर्ने क्रमलाई तीव्रता दिएका छन् ।

यसैक्रममा नेकपा एमालेका युवा नेता एवं केन्द्रीय सदस्य सूर्य थापाले बुधबार वयोवृद्ध सगरमाथा आरोही मीनबहादुर शेरचनबाट आर्शिवाद लिएर कार्य प्रारम्भ गरेका छन् । एमाले प्रचार विभागका उपप्रमुख समेत रहेका थापालाई पार्टीले पर्यटन प्रबर्धन विभागको प्रमुखको जिम्मेवारी सुम्पेको थियो ।

८३ बर्ष ९ महिनाको उमेरमा सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम राख्न लागेका शेरचनले थापालाई कार्य सफलताको शुभकामना दिएका थिए । पर्यटन क्षेत्र आफ्नो लागि नयाँ भए पनि अध्ययन गरेर कार्य प्रारम्भ गर्न लागेको थापाको भनाइ छ ।

१२ बर्षसम्म एमाले प्रचार विभाग रहेका थापा बितेको ८ बर्ष प्रचार विभागको सचिव थिए । एमालेको नवौँ महाधिवेशनबाट थापा केन्द्रीय सदस्य बनेका हुन् ।

min-bahadur-sherchan

कार्यक्रममा आरोही शेरचनले ज्येष्ठ नागरिकमध्येबाट आरोहणको आफ्नो विश्व कीर्तिमान पुनः कायम गर्न यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन सर्वोच्च शिखरको आरोहण गर्न लागेको जानकारी दिए ।

उनले यसअघि २०६५ जेठ १२ मा ७६ वर्षको उमेरमा सबभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम्न सफल भई ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल भएका थिए । पछि ८० वर्षीय जापानी नागरिक युचिरो मिउरा ले सो रेकर्ड तोडेपछि शेरचन पुनः सगरमाथा चढ्न लागेका हुन् ।

कार्यक्रममा एमाले युवा नेता थापाले शेरचनलाई सफलताको कामना दिएका थिए । उनको अभियानलाई साथ दिन उनले संचारकर्मी तथा सबै नेपालीलाई आह्वान गरे ।