२९ आश्विन २०८३, बिहिबार

नेयमार चम्किदा बार्सिलोना सेमिफाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Neymar-and-Suarez

काठमाडौं, ९ वैशाख । च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा नेयमार चम्किदा बार्सिलोना सेमिफाइनलमा प्रवेश गरेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत दोस्रो लेगको मंगलबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीलाई घरेलु मैदानमा २-० ले पराजित गर्दै बार्सिलोनाले सेमिफाइनलको यात्रा तय गरेको हो ।

पहिलो लेग बार्सिलोनाले ३-१ को जित निकालेको थियो । बार्सिलोनाले समग्रमा ५-१ गोलको फराकिलो अन्तर जितले सेमिफाइनलमा पुगेको हो ।

बार्सिलोनाका लागि मंगलबारको खेलमा नेयमार चम्किए । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जिताउन दुई गोल गरे । उनको गोल विरुद्ध पीएसजीले प्रयास गरेपनि सफल भएन् ।

मंगलबार राति भएको अर्को खेलमा जर्मन क्लव बायर्न म्यूनिख विजयी भएको छ । म्यूनिखले घरेलु मैदानमा पोर्चुगिच क्लव एफ्सी पोर्टोलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । एजेन्सी