
काठमाडौं, ९ चैत। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन जनादेश र परमादेशबीचको प्रतिस्पर्धा हुने टिप्पणी गरेका छन्।
बुधबार केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले भने,‘यो चुनाव राष्ट्रिय स्वाभिमानी र बाह्य शक्तिका लागि कम्फर्टेबल बन्नेहरूबीचको भिडन्त पनि हो।’
एमालेको राष्ट्रिय स्वाधिनतासहित सरकारमा रहँदा गरेका कामका आधारमा चुनावमा बिजयी हुने उनको तर्क थियो। उनले चुनाव जित्ने विभिन्न १८ आधार पनि बुँदागत रुपमा पेस गरेका थिए।















प्रतिक्रिया