काठमाडौं, ९ वैशाख । भारतीय तीर्थयात्रु बोकेको बस दुर्घटनामा मृतकको संख्या १६ पुगेको छ ।
काठमाडौँबाट गोरखपुर जाँदै गर्दा आज बिहान ७ः३० बजे धादिङ, नौबिसे गाविसको झ्याप्ले खोलास्थित सडकबाट ३०० मिटर खोल्सामा खस्दा सो दुर्घटना भएको हो ।
जि जेड १४ एक्स ९९०० नम्बरको दुईतले बस दुर्घटना हुँदा सात महिला र पाँच पुरुषको मृत्यु भएको जानकारी जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक वासुदेव थापाले दिनुभयो ।
त्यस्तै गम्भीर घाइते दुर्इको उपचारका लागि अस्पताल लैजानेक्रममा मृत्यु भएको हो । मृतकहरूको पहिचान हुन सकेको छैन् । घाइतेलाई उपचारका लागि काठमाडौँको वीर अस्पताल तथा शिक्षण अस्पतालमा पठाइँदै गरेको प्रहरीले जानकारी दिएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाको कारण र अन्य विस्तृत विवरण आउने बाँकी छ । गाडीमा ४५ जना सवार थिए ।












प्रतिक्रिया