
बारा, ९ चैत । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) जितपुरसिमरा उपमहानगर कमिटीको पहिलो अधिवेशन हिजो मंगलबार सिमरामा सम्पन्न भएको छ ।
अधिवेशनले अनिता लम्साल अधिकारीको अध्यक्षमा १०१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनको उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रीय सदस्य सरस्वती देवी चौधरी, एमाले बाराका पूर्वध्यक्ष देबनारायण चौधरी, उपाध्यक्ष टिना सुवेदी, एमाले बाराका नेता मनोज पौडेल प्रदेश कमिटी सदस्यहरु किशोर शर्मा, लक्ष्मी नेपाली, चयन गुरुङ, मोबिन आलम, महिला नेत्री कमला घिमिरे, जिल्ला सदस्यहरु अमृत लाल श्रेष्ठ, भोला अधिकारी, भरत घले, तारा कार्की, कासिम हुसेन, देवी सापकोटालगायतले शुभकामना व्यक्त गरेका थिए ।
















प्रतिक्रिया