
काठमाडौं, ८ चैत । नेकपा (एमाले)ले आज मंगलबार दिउँसो १ बजे केन्द्रीय पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने उक्त कार्यक्रममा समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा सिंगै दल र अभिनेत्री करिश्मा मानन्धरसहितका नेता–कार्यकर्तालाई एमालेमा भित्र्याउने तयारी छ ।
सोही प्रयोजनका लागि आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा उक्त विशेष कार्यक्रमको आयोजना गरिएको एमालेले जनाएको छ । सो कार्यक्रममा उपस्थितिका लागि सबैमा अनुरोध समेत गरिएको छ ।
कार्यक्रममार्फत सिंहको पार्टी समाजवादी जनता पार्टी नै एमालेमा समाहित हुन लागेको हो भने अभिनेत्री मानन्धर पनि आफ्नो समूहसहित एमालेमा प्रवेश गर्न लागेकी हुन् ।















प्रतिक्रिया