
काठमाडौं, ८ चैत । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्यागको घोषणा गरेका छन् ।
माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका प्रमोद शर्माले पार्टीप्रति असन्तुष्टि जनाउँदै माओवादी त्यागेको घोषणा गरेका हुन् ।
जिल्ला कमिटी दाङको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।
‘आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र)को साधारण सदस्य समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्, ‘आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्ने छु । जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भूमिकामा आफूलाई उभ्याउने छु ।’















प्रतिक्रिया