
काठमाडौं, ८ चैत । सेञ्चुरी कमर्सियल बैंकको पेप्सीकोला शाखाले एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
हिजो सोमबार अयोजित शिविरमा १०८ जना स्थानीय बासिन्दाले सेवा प्राप्त गरेको बैंकले जानकारी दिएको छ । कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ वटा शाखा, १० वटा एक्सटेन्सन काउन्टर, २६ वटा शाखारहित बैंकिङ्ग र ११३ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।















प्रतिक्रिया