७ कार्तिक २०८३, शनिबार

जितपुरसिमराका ४० जना युवा माओवादी छोडेर एमालेमा प्रवेश, माओवादी निराश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ८ चैत । नेकपा माओवादी परित्याग गरी बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवाका ४० जना युवाहरु एमालेमा प्रवेश गरेका छन् ।

माओवादीका युवा नेता राजु पुलामीको नेतृत्वमा ४० जना युवाहरू एमालेमा प्रवेश गरेका हुन् । त्यसैगरी प्रवेश गर्नेहरुमा उमेस राई, मनोज खड्का लालबहादुर मोक्तान, जीवन पराजुलीलगायत छन् ।

नव प्रवेशीहरूलाइ नेकपा एमाले प्रदेश कमिटी सदस्य राधेश्याम शिवाकोटी, एमाले बाराका उपसचिव अमृत शर्मा बजगाइ, एमाले बाराका नेता मनोज पौडेल, जिल्ला सदस्य सीमा ठकुरी, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य त्रिलोक बिक्रम साह, वडा अध्यक्ष हरिदेव खरेल एमालेका स्थानीय नेता नारायणप्रसाद घिमिरे, युवा संघका सचिव गणेश कोइरालालगायतले स्वागत गरेका थिए ।

कार्यक्रम सुनिल मैनालीको सभापतित्वमा सम्पन्न भएको थियो ।