
काठमाडौं, ८ चैत । प्रत्येक वर्ष मार्च २२ तारिखमा विश्व जल दिवस मनाइन्छ ।
संयुक्त राष्ट्रसंघले पर्यावरण र विकासका लागि ब्राजिलको रियोदजेनेरियोबाट विश्व जल दिवसको सुरुवात गरेको हो ।
सन् १९९२ मा विश्व जल दिवसलाई ‘एजेन्डा२१’मा समाहित गरिएको थियो । सोही अनुसार सन् १९९३ मा विश्वमा पहिलो पटक विश्व जल दिवस मनाइएको थियो ।
मानव जातिलाई बाँच्नका लागि चाहिने अति आवश्यक स्रोतको रुपमा जललाई लिइन्छ । जलको अभावमा बाँच्न असम्भव छ । जसकारण जल महत्वपूर्ण छ ।
वर्तमान समयमा विभिन्न क्षेत्रमा जलको अभावका कारण विभिन्न वन्यजन्तु संकटमा परेका छन् भने मानवले संकट भोग्नु परेको छ ।
अहिलेको विज्ञान र प्रविधिको आधुनिक समयमा हरेक स्थानमा विकासले फड्को मारिरहेको छ । जसकारण स्वच्छ र प्रदूषणरहित जल पाउन अत्यन्त कठिन छ ।















प्रतिक्रिया