७ कार्तिक २०८३, शनिबार

एमाले पोलिटब्युरो बैठकमा बाम एकताको प्रस्ताव र काउन्टर, उम्मेदवार चयनमा ‘तलमाथि’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत। नेकपा एमालेको पोलिटब्युरो बैठकमा बृहत बाम एकता गरी अघि बढ्नुपर्ने प्रस्ताव गरिएको छ। नेता घनश्याम भुसालले बाम एकता गरी दुई दलीय व्यवस्थामा जानका लागि अध्यक्ष केपी शर्मा ओलीले पहल कदमी लिनुपर्ने प्रस्ताव गरेका हुन्।

स्थायी कमिटी सदस्य रघुजी पन्तले पनि छरिएर रहेका बामपन्थी पार्टीलाई एकताबद्ध गरी चुनावमा जान सकिने प्रस्ताव गरेका छन्। तर ति प्रस्तावमा काउन्टर जवाफ दिँदै स्थायी कमिटी सदस्य महेश बस्नेत र हिक्मत कार्कीले प्रगतीशील शक्तिसँग सहकार्य हुन सक्ने बताए।

उनीहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एकता हुन नसक्ने काउन्टर जवाफ फर्काएको बताइएको छ।

उता, स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयनको मापदण्डमा पनि हल्का तलमाथि गरिएको छ। महानगर, उपमहानगरका उम्मेदवारको सिफारिस सम्बन्धित प्रदेश कमिटीले गरी निर्णय केन्द्रीय कमिटीले गर्ने भएको छ। यसैगरी पालिकाका उम्मेदवारको सिफारिस सम्बन्धित पालिकाले गर्ने र जिल्ला कमिटीले निर्णय गर्ने भएको छ। वडाअध्यक्ष र सदस्यको सिफारिस भने वडा कमिटीका आधारमा पालिका कमिटीले टुंगो लगाउने छलफल भएको बताइन्छ।