
काठमाडौ, ७ चैत । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलले विपक्षीहरूले जस्तोसुकै गठबन्धन बनाएर आए पनि आगामी चुनावमा एमालेले धुलो चटाउने बताएका छन् ।
गठबन्धनमा नेताहरु मात्र भएको र एमालेसँग जनता भएको टिप्पणी गर्दै उनले अबको निर्वाचनमा गठबन्धनलाई धुलो चटाइने दाबी गरेका हुन् ।
मधेस प्रदेशका सह–इन्चार्ज समेत रहेका पौडेलले एमालेको अगाडि कुनै पनि शक्ति टिक्न नसक्ने दाबी समेत गरेका छन् । जितपुरसिमरा उपमहानगरपालिका–२४ को प्रथम वडा अधिवेशनको हिजो आइतबार उद्घाटन गर्दै एमाले नेता पौडेलले यस्तो दाबी गरेका हुन् ।
पूर्वमन्त्री समेत रहेका नेता पौडेलले एमालेले मात्रै जनताको पक्षमा काम गरेको दाबी गरे । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सरस्वती देवी चौधरी, मधेस प्रदेशका सचिव कृष्ण पौडेल, एमाले बाराका अध्यक्ष बिनोद साह, एमाले बाराका पूर्वध्यक्ष देबनारायण चौधरी, एमालेका नेता मनोज पौडेल, एमाले बाराका उपाध्यक्ष टिना सुवेदी, सचिव अध्यानन्द पाण्डे, प्रदेश कमिटी सदस्य मोबिन आलम, कलामुदिन अन्सारी, तारा कार्की, भोला अधिकारी, एमालेका युवा नेता सेराजुल अन्सारी लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशनले भोला अन्सारीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन गरेको छ । वडा अध्यक्ष इलियास देवानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रुस्तम अन्सारीले गरेका थिए ।















प्रतिक्रिया