७ कार्तिक २०८३, शनिबार

आईपीयूको १४४औं सम्मेलन बालीमा शुरू, नेपाली प्रतिनिधिमण्डल पनि सहभागी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४४औं सम्मेलनमा इन्डोनेशियाको बालीमा आइतबार साँझदेखि शुरू भएको छ ।

विश्वभरबाट १०० वटा भन्दा बढी देश सहभागी सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल सहभागी छ ।

अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेशियाको संसदको आयोजनामा आइतबारदेखि शुरू सम्मेलन चैत्र १० गतेसम्म चल्ने छ । सम्मेलनमा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनाले ‘शून्य उत्सर्जन प्राप्त गर्नः जलवायु परिवर्तनसम्बन्धी कार्यमा संसदको परिचालन’ विषयमा प्रस्तुति दिने कार्यक्रम छ ।

त्यसैगरी सम्मेलनको विशेष सत्रमा नेपालमा कोभिड १९ विरुद्धको लडाइँमा नेपालको संसदले गरेका गतिविधिहरुका सम्बन्धमा समेत अध्यक्ष तिमिल्सिनाले संक्षिप्त जानकारी प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।