१४ कार्तिक २०८३, शनिबार

संविधान जारी गर्नु मुख्य राष्ट्रिय अभिभारा : एमाले अध्यक्ष ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oliकाठमाडौँ, ८ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट संविधान निर्माण गरेर जनताका अधिकारलाई संस्थागत गर्नेबित्तिकै लोकतान्त्रिक आन्दोलनको एउटा अध्याय पूरा हुने र नेपाल समृद्धि प्राप्तिको नयाँ चरणमा प्रवेश गर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको ६७ औं स्थापना दिवसका अवसरमा आज जारी गर्नुभएको वित्रप्तिमा अध्यक्ष ओलीले संविधान निर्माण यतिबेलाको मुख्य राष्ट्रिय अभिभारा र अग्रगतिको आधार तथा अनिवार्य पूर्वसर्त पनि हो भन्दै सहमतिका लागि आफ्ना जातीय÷क्षेत्रीय अतिवादी मान्यता तथा सङ्कीर्णता त्याग्न आग्रह गर्नुभएको छ ।

“संविधान, विधि र अभ्यासको आधारमा प्रक्रियासम्मत् ढङ्गले संविधान निर्माण गर्न पनि बाधा पु¥याउने एमाओवादी–मधेसकेन्द्रित दलका कारण हामीले गत माघ ८ मा संविधान जारी गर्न सकेनौँ ।’’ ओलीले भन्नुभएको छ, “अहिलेसम्म पनि ती दल आफ्ना मान्यतामाथि पुनः विचार गर्न र सहमतिका लागि लचिलो हुन तयार देखिएका छैनन् । यस्तो स्थितिमा पार्टी सहमतिका निम्ति संवाद र छलफलको ढोका खुला राख्दै प्रक्रियासम्मत् ढङ्गले संविधान निर्माणलाई अगाडि बढाउन चाहान्छौ ।”

एमालेको जनताको बहुदलीय जनवाद (जबज) नेपालको सन्दर्भमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र माक्र्सवादको नेपाली संस्करण हो भन्दै उहाँले समकालीन घटनाक्रम र परिस्थितिले यसको सहीपना र सान्दर्भिकतालाई बारम्बार प्रमाणित गरेको पनि जनाउनुभएको छ ।

उहाँले पार्टी स्थापना दिवसका अवसरमा सम्पूर्ण शोषित, उत्पीडित र आम जनसमुदायमा शुभकामना पनि व्यक्त गर्नुभएको छ । रासस