७ कार्तिक २०८३, शनिबार

महिला प्रहरीको विभत्स हत्यापछि मोरङको लेटाङ क्षेत्रमा कर्फ्यू आदेश जारी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ७ चैत । जिल्ला प्रशासन कार्यालय मोरङले मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

हिजो आइतबार एक जना महिला प्रहरीको ज्यान जानेगरी भएको झडपपछि स्थिति तनावपूर्ण बनेकाले आज सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि कर्फय जारी गरिएको बताइएको छ ।

लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटांगको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको जानकारी दिए ।

हिजो भएको झडपमा एक महिला प्रहरी जवानको निधन हुनाका साथै करीब २८ जना घाइते भएको उनले बताए । खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ बर्षिया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भीडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको घटना स्थलमा मृत्यु भएको थियो । भीडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो ।