
मोरङ, ६ चैत । मोरङको लेटाङमा विद्यार्थीमाथि करणी गरेको अभियोगमा शिक्षकलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि आक्रमण हुँदा एक महिला प्रहरीको विभत्स हत्या भएको छ ।
आइतबार लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरीको टोलीमाथि आक्रमण हुँदा महिला प्रहरीमाथी भएको छुरा प्रहारबाट मृत्यु भएको हो । यद्यपि प्रहरीले आधिकारिक जानकारी दिएको छैन ।
स्थानीयका अनुसार शिक्षक पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रालाई घरमै लगेर करणीको प्रयास गरेका थिए । स्कुल आइतबार दिउँसोभर तनावग्रस्त बनेको थियो ।
शिक्षकलाई प्रहरी कार्यालय लगिएको र भीड नियन्त्रणका लागि थप प्रहरी परिचालन गरिएको जनाइएको छ ।















प्रतिक्रिया