७ कार्तिक २०८३, शनिबार

जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न सक्दैन : ओली

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, ६ चैत । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् ।

इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे ।

स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उनले बताए । जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उनको भनाइ छ ।

आज इलामको फिक्कलमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा ‘एमाले’मा प्रवेश गर्नेहरूलाई ओलीले स्वागत गरेका छन् ।