
काठमाडौँ, ६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार खनालको निर्वाचन क्षेत्र फिक्कलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नुन र गुन बिर्सेर एमालेलाई गालि गरेको भन्दै त्यस्ताहरुलाई आगामी निर्वाचनमा जवाफ दिन निर्देशन दिएका छन् ।
नेकपा एमालेले लगाइदिएको सांसदको फुली लगाएर एमालेकै विरोध गरेको पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालप्रति कटाक्ष गरेका छन् ।
अध्यक्ष ओलीले नेकपा एमाले विकासका सम्बन्धमा सोच्ने र योजना बनाएर अघि बढ्ने पार्टी भएको भन्दै तीन बर्षको छोटो समयमा विकासका धेरै काम गरेको दावी गरे । ‘एमाले विकासका बारेमा सोच्ने पार्टी हो, समय खेर फाल्ने पार्टी होइन’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले असाधारण काम गरेको बताए ।















प्रतिक्रिया