२९ आश्विन २०८३, बिहिबार

आफ्ना पार्टनरसँग खुलेर भन्नैपर्ने ७ कुराहरु !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

man-woman-sex-jodi
आपसी सम्बन्ध भनेको जहिले पनि जोडीबीचको कुराकानी र समझदारीमा अघि बढ्ने विषय हो । तपाइँहरुबीच कुराकानी हुन छोड्यो भने त्यही नै असमझदारीको कारण बन्छ ।
१. मुड छैन भने सेक्स गर्न मन छैन भन्नुस्ः
जोडीहरुबीच नियमित यौन सम्पर्क त आवश्यक छ तर अनिवार्य छैन । यदि कुनै दिन सेक्सको मुड आउँदैन भने मन छैन भनेर खुलेर भन्दा सम्बन्ध सहज हुन्छ । त्यसको विपरित यौन सम्पर्क गर्न मन लाग्यो भने पनि खुलेर भन्नुस् ।
२. अपेक्षाबारे सचेत रहनु्स्ः
सम्बन्धमा एक अर्कासँग अपेक्षाहरु हुन्छन् । आफूप्रति र आफूले राखेका अपेक्षाबारे खुलेर कुरा गर्नुस् ताकी भविष्यमा एक अर्काप्रति कसरी ब्यवहार गर्ने भनेर स्प्षट हुन सकिन्छ ।
३. अरुसँगको विगतको सम्बन्ध नलुकाउनुस :
यदि तपाइँ अहिलेको सम्बन्धमा वर्षौं देखि हुनुहुन्छ तर विचमा अर्कैसँग नजिकिनु भएको थियो भने यो कुरा पार्टनरसँग नलुकाउनुस् । यसले उसको चित्त दुख्ला भन्ने सोंचेर झुट बोल्नु निक्कै गलत कुरा हो ।
४. खर्चको कुरा खुलस्त गर्नुस्ः
कतिपयको आफूले गरेको खर्च लुकाउने बानी हुन्छ । तर यो राम्रो होइन । कहिले काँही अलीक महंगो कुरा किन्नु भयो भने पनि यस्ता कुरा नलुकाउनुस् । किन भने समय आएपछि यो कुरा थाहा भैहाल्छ तर शुरुमै भन्दा तपाइँ प्रतिको दृष्टीकोण सकारात्मक बन्छ ।
५. चित्त दुखेको कुरा भन्नुस्ः
यदि तपाइँलाई पार्टनरका आफन्तले कमाइ वा पहिरन जस्ता कुरालाई लिएर गरेको टिप्पणीले चित्त दुखेको छ भने यस्तो कुरा खुलेर भन्नुस् । आफूलाई असहज लागेका यस्ता कुरा भन्दा आगामी दिनमा यस्ता कुरा नदोहरिने हुन्छ ।
६. मन पर्ने र नपर्ने कुरा भन्नुस्ः
सँधै सँगै हुँदा मन मुटावको सम्भावना पनि हुन्छ । त्यसकारण आफूलाई मन पर्ने न मन नपर्ने सबैकुरा एक आपसमा साट्नुस् । किन भने लामो समयको सम्बन्धमा यस्ता समस्या धेरै आउँछन् ।
७. एक अर्कोको सीमा बुझाउनुस्ः
तपाइँले आफ्नो पार्टनरले कुन कुन कुरामा हस्तक्षेप गरेको मन पर्छ वा पर्दैन खुलस्त भन्नुस् । यदि तपाइँलाई कुनै कुरामा गोप्यता चाहिन्छ भने त्यो विषयमा पनि खुलेर भन्नुस् । यसो गर्दा एक आपसमा आउने द्वन्द टर्छ र समझदारी बढ्छ । – एजेन्सी