७ कार्तिक २०८३, शनिबार

आईपीयूको १४४औं सम्मेलनमा भाग लिन अध्यक्ष तिमिल्सिना इन्डोनेशिया प्रस्थान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४४‌औं सम्मेलनमा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल इन्डोनेशिया प्रस्थान गरेको छ ।

अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेशियाको संसदको आयोजनामा चैत ६ देखि १० गतेसम्म बालीमा हुने सम्मेलनमा भाग लिन प्रस्थान गरेको अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डल हिजो शुक्रबार बेलुका त्यसतर्फ प्रस्थान गरेको हो ।

उक्त सम्मेलनमा अध्यक्षले तिमिल्सिनाले ‘शून्य उत्सर्जन प्राप्त गर्नः जलवायु परिवर्तनसम्बन्धी कार्यमा संसदको परिचालन’ विषयमा नेपालको तर्फबाट प्रस्तुति दिने कार्यक्रम छ ।

त्यसैगरी सम्मेलनको विशेष सत्रमा नेपालमा कोभिड–१९ विरुद्धको लडाइँमा नेपालको संसदले गरेका गतिविधिहरुका सम्बन्धमा समेत अध्यक्ष तिमिल्सिनाले संक्षिप्त जानकारी प्रस्तुत गर्ने कार्यतालिका पनि छ ।