७ कार्तिक २०८३, शनिबार

तराईका जिल्लाहरूमा आज होली मनाइँदै, जनकपुरधाममा भोलि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । तराईका जिल्लामा आज धुमधामसँग होली पर्व मनाइँदैछ ।

आपसमा रङ र अबिर दलेर खुशीयाली साटासाट गर्ने क्रम बिहानैदेखि सुरु भएको छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै मनाइने यो पर्वमा एक आपसमा रङ र अबिर लगाउने चलन छ ।

होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ । होली मनाइने तराईका जिल्लामा आज सार्वजनिक बिदा छ ।

जनकपुरधाममा भने भोलि होली मनाइने भएको छ । मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट होली मनाउने परम्परा रहेकाले त्यहाँ भोलि होली मनाउन लागिएको हो ।

हिजोे जनकपुरधाम पुगेको परिक्रमा आज अन्तर्गृह परिक्रमा गर्ने छ र भोलि होली मनाइने छ । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा भने हिजो होली मनाइएको थियो ।