१४ कार्तिक २०८३, शनिबार

एमाले दैलेखको अध्यक्षमा पुनः शर्मा निर्वाचित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २ चैत । नेकपा एमाले दैलेखको अध्यक्षमा पुनः रविन्द्र शर्मा निर्वाचित भएका छन् ।

वुधबार भएको निर्वाचनबाट शर्मा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

शर्माले ४१४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी उम्मेदवार सूर्यबहादुर शाहीले २६३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा ४५९ मतसहित प्रेम बहादुर बुढा विजयी भएका छन् ।

यसैगरी, सचिवमा तिलक प्रसाद रिजाल ३६५ मत ल्याएर विजय भएका छन् । उपसचिवमा कलावती न्यौपाने र गंगाराम दाहाल निर्वाचित भएका छन् ।