
काठमाडौँ, २ चैत । नेकपा एमालेले सत्ता गठबन्धनले आफू अनुकूल न्यापालिकालाई चलाउन प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएको जनाएको छ ।
वुधबार नयाँबानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक विशाल भट्टराईले न्यायपालिकालाई अस्थिर र आफ्नो नियन्त्रणमा राख्ने उद्देश्यले अघि बढेको भन्दै त्यसको संवैधानिक तथा कानूनी प्रतिवाद गर्ने जनाएका छन् ।
त्यस्ता कार्यको एमाले भण्डाफोरमा उत्रिने निर्णय भएको उनले जनाए ।
बैठकमा दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने उद्देश्यले नभइ अदालतलाई आफू अनुकूल चलाउन आएको थियो भन्ने कुरा संसदको अधिवेशन हठात् अन्त्य गर्नुले पनि पुष्टि भएको बताएका छन् ।
आवश्यक पर्दा सबै उपायबाट न्यायिक स्वतन्त्र बचाउन एमाले तयार रहेको भट्टराईले बताए ।















प्रतिक्रिया