१४ कार्तिक २०८३, शनिबार

‘स्थापित जाति विस्थापित भाषा’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २ चैत । गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नेवारी भाषा प्रशिक्षण कार्यक्रम पोखरामा सुरु भएको छ । प्रतिष्ठानले ‘स्थापित जाति विस्थापित भाषा’ नाम दिएर प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

एक महिनासम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा १० वर्षदेखि ४७ वर्षसम्मका ३० प्रशिक्षार्थीको सहभागिता छ । नेवारी भाषा प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा विक्रम उदास र मधुसुदन जोशी रहनुभएको छ ।

नेवाःखल पृथ्वीचोकमा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले तालिमले जातीय भाषा संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेवाःखल पृथ्वीचोकका अध्यक्ष केदारप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ, नेवाःखल पृथ्वीचोकका निवर्तमान अध्यक्ष मीमलाल श्रेष्ठ, मिस पुच जिल्ला उपाध्यक्ष लक्ष्मी मुल्मीले प्रशिक्षण कार्यक्रमको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

तामाङ भाषाको प्रशिक्षण यही चैत ७ गतेबाट र दुरा भाषाको प्रशिक्षण चैत १० गतेबाट आयोजना गर्ने तयारी गरिएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । –रासस