१४ कार्तिक २०८३, शनिबार

दुर्गमका शिक्षकले ४५ दिनको भत्ता, ६ महिना प्रसूति बिदा पाउने

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ चैत । सरकारले दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई ४५ दिन बराबरको दुर्गम भत्ता दिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको ५१ बुँदे सहमतिअनुसार यस्तो निर्णय भएको हो ।

त्यस्तै, सरकारले महिला शिक्षकको प्रसूति बिदा निजामती सेवामा व्यवस्था भएअनुसार संघीय शिक्षा ऐनमा व्यवस्था गर्ने भएको छ ।

महासंघले महिला शिक्षकको प्रसूति बिदा ६ महिना कायम गरी सो अवधिमा सट्टा शिक्षकको व्यवस्था गर्न मन्त्रालयसँग माग गरेको थियो ।

मन्त्रालयले सट्टा शिक्षकको अल्पकालीन व्यवस्था गर्ने जनाएको छ । हाल महिला शिक्षकले ९८ दिन प्रसूति बिदा पाउँछन् ।