७ कार्तिक २०८३, शनिबार

नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ तर व्यवहारमा साइकल पचाउः अध्यक्ष ओली

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशलाई कृषि, पर्यटन, उद्योग र व्यापारको माध्यमबाट विकास गरिने बताएका छन् ।

एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्चको आयोजना तथा युवा सङ्घ नेपाल, भक्तपुरको संयोजनमा मंगलबार भक्तपुरको थिमिस्थित राधेराधेमा आयोजना गरिएको कार्यक्रममा उनले कृषि, औद्योगिकरण, पर्यटनका माध्यमबाट उत्पादन वृद्धि गरी आयात घटाएर निर्यात बढाउँदै देशको अर्थतन्त्रलाई फाइदा पुर्याउन सक्ने बताए ।

अध्यक्ष ओलीले मधेश प्रदेश पछाडी पर्नुनपर्ने बताउँदै पर्यटकीय दृष्टिकोणबाट एकदमै राम्रो मधेस प्रदेशलाई सुनकोशी डाइभर्सन बनाएपछि यस क्षेत्रका सबै जमीनमा सिँचाइ पुग्ने बताए ।

अध्यक्ष ओलीले वीरगञ्ज–काठमाडौँ रेल चल्ने बताउँदै धार्मिक पर्यटनको दृष्टिकोणले पनि यो प्रदेश उत्कृष्ट रहेको चर्चा गरे ।

त्यस्तै, अध्यक्ष ओलीले मधेस प्रदेश सरकारको नारा र व्यवहार फरक भएको बताए । उनले मधेस प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको बताए ।

त्यस्तै, पर्सामा विभिन्न पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्ने अध्यक्ष ओलीले स्वागत गरेका थिए ।