
काठमाडौँ, १ चैत । नेपाल सरकारको विशिष्ट श्रेणीका कर्मचारी (सचिव) को संख्या घटाउन सिफारिस गरिएको छ ।
सचिवको संख्या निर्धारण गर्न गठित कार्यदलले करिब एक तिहाई संख्या कटौती गर्नुपर्ने सुझावसहित प्रतिवेदन पेश गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा गठित समितिले हाल रहेको ७२ जना सचिवहरुको संख्याबाट ५० जनामा सिमित गर्न सुझाव दिएको हो ।
कार्यदलले अहिलेका संख्या भारी भएको निष्कर्षसहित यस्तो सुझाव दिएको बताइएको छ ।












प्रतिक्रिया