मुम्बई । बलिउडमा नाम र दाम दुबै कमाएका स्टार अभिनेता अक्षय कुमारको मृत्युसम्बन्धी चलचित्र निर्माण भएको छ । जहाँ उनलाई कार दुर्घटनामा परी घाइते भई मुम्बईको एक हस्पिटलमा मृत्यु भएको देखाइएको छ ।
उनको वास्तविक जीवनमा झैँ लाग्ने यो मृत्यु भने चलचित्रको पर्दामा हो । अक्षयकुमारको आधिकारिक ट्वीटरमा उनले आफ्नो मृत्युबारेको खबर पोष्ट गरेका छन् । उनले आफैले टविटरमा लेखेका छन्- ‘मेरो आत्मा र शरीरलाई देखेर दर्शक हैरान हुनेछन् ।’
धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘ब्रदर्स’मा अक्षयकुमार मरेको आत्मा र शरीर कसरी व्युझिन्छ भनेर भन्ने भुमिकामा देखिएका छन् । मृत्युपछि उनको आत्मा र शरीर कसरी अलग-अलग हुन्छन् भन्ने देखिनेछ ।
उनले ट्विटरमा लेख्दै भनेका छन् -‘मेरो मृत्यु र शरीर र आत्मा प्रसङ्ग मेरा दर्शकले छिट्टै देख्न पाउनेछन् ।’ यो भुमिका चलचित्र ‘ब्रदर्स’ प्रदर्शनमा आएपछि मात्रै पाइनेछ । यो चलचित्र यसैवर्षभित्र प्रदर्शन हुँदैछ । एजेन्सी

















प्रतिक्रिया