१४ कार्तिक २०८३, शनिबार

नेपाल प्रहरीमा ३ जना डीआईजीको बढुवा गर्न सिफारिस

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । नेपाल प्रहरीका ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को बढुवा सिफारिस भएको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको हो ।

बैठकले धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको बताइएको छ ।

फागुन ५ मा सरकारले नेपाल प्रहरीमा ३ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको थियो ।