१४ कार्तिक २०८३, शनिबार

राज्य–निजी क्षेत्रबीचको सहकार्यले राम्रो रिजल्ट दिन सक्छः वरिष्ठ उपाध्यक्ष ढकाल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १ चैत । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्यको वातावरण बन्ने हो भने यसले छोटो समयमा राम्रो रिजल्ट दिन सक्ने बताएका छन् ।

पोखरीया नगरपालिका, पर्सामा वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा स्तरोन्नति गरिएको शल्य चिकित्सा कक्षको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने निजी क्षेत्रले छोटो समयमा राम्रो रिजल्ट दिन सक्छ ।”

राज्यले निजी क्षेत्रसँग सहकार्य गर्दा राम्रो रिजल्ट आउछ भन्ने कुरा आज समुद्घाटन गरिएको यस अस्पतालले पनि स्पष्ट पार्ने कुरा उहाँले राखे ।

“म मेयरज्यूलाई धन्यवाद पनि दिन चाहन्छु । यहाँहरुले निजी क्षेत्रसँग सहकार्य गरेर आजयहाँ यो अस्पतालको स्तरोन्नति गर्न सफल हुनुभएको छ । यसले यो अस्पताल बन्ने र यहाँका स्थानीयलाई सहज स्वास्थ्य सेवामा पहुच पुग्ने मात्र संकेत गर्दैन । राज्य र निजी क्षेत्रबीचको राम्रो सहकार्यको पनि सुरुवातको संकेत गरेको छ,” उनले भने ।

उनले निजी क्षेत्रलाई राज्यले सहजीकरण मात्रगर्ने हो भने यसले छोटो समयमा धेरै राम्रा काम गर्न सक्ने बताए ।

“निजी क्षेत्रले पूर्वाधार निर्माण तथा रोजगारी सृजना गर्ने जुन सुकै काम पनि निजी क्षेत्रले सहज र छिटो गर्न सक्छ । यसलाई राज्यले सहजीकरण मात्र गरे पुग्छ,” उनले भने ।

निजी क्षेत्रले आफ्नो फाइदाको लागि मात्र काम नगर्ने र आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पनि निभाउँदै आएको बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा राज्यको होस्टेमा हैसे गर्दै निजी क्षेत्रले आइसोलेसन सेन्टर निर्माण, अक्सिजन प्लान्ट हस्तान्तरणदेखि आफ्ना हस्पिटल, होटल, स्कूल, कलेज र उद्योग कलकारखाना तत्काल सरकारलाई सुम्पेको स्मरण गराए ।