
दार्चुला, ३० फागुन । भारतले नेपाली भूमिमा झण्डा राख्ने तयारी गरिरहँदा नेपाल सरकार मुकदर्शक बनेको छ ।
दार्चुलास्थित नेपाली भूमि गुञ्जीमा भारतीय झण्डा राख्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतले गुन्जीमा ४५ लाख खर्चेर १ सय फिट अग्लो झण्डा राख्न लागेको हो ।
झण्डा राख्ने सम्पूर्ण तयारी भइसकेको र केही दिन पछि नै जिल्लागत योजनाबाट झण्डा राखिने बताइएको छ ।
अहिले भारतले झण्डा राख्न लागेको उक्त स्थान सरकारले जारी गरेको नक्साअनुसार नेपालमा पर्दछ । २०७७ जेठ ७ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेका नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सामा भारतले अतिक्रमण गरेको नाभी, कुटी र गुञ्जी गाउँ समेत समेटिएका छन् ।
यद्यपि अहिलेको सरकारले यस विषयमा केही पनि प्रतिक्रिया दिएको छैन ।












प्रतिक्रिया