७ कार्तिक २०८३, शनिबार

देउवालाई भीम रावलको जवाफ- तपाईंकै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० फागुन । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले झुट बोलेको बताएका छन्।

आज नुवाकोटमा आयोजित एक कार्यक्रममा देउवाले बोलेको विषयमा ट्विटरमा जवाफ फर्काउँदै रावलले भनेका छन्, ‘म केपी ओलीजी पहिलोपटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री थिएँ, प्रम ओलीले एमसीसीसँगको सम्झौता संसद्मा ल्याएको बेला होइन।

अतः मेरो मन्त्रिपरिषद्मा सहमति रहेको भन्ने कुरै रहेन। यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुटो बोल्ने प्रमको या त आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देश हितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ।’ एससीसी पास गर्दा आफ्नो टाउको किन दुखेको भनेर पनि रावलले जवाफ दिएका छन्।

रावलले दुई जिभ्रे कुरा गरेको प्रधानमन्त्री देउवाले बताए। ओली सरकारले संसद्मा पेश गरेको एमसीसी प्रस्ताव नै आफूहरूले पारित गरेको भन्दै उनले एमालेका नेताले नै त्यसको विरोध गरेको आश्चर्य व्यक्त गरे।

ओली सरकारमा भीम रावल रक्षामन्त्री हुँदा त्यो मन्त्रिपरिषद्ले एमसीसी पात गरी संसद्मा प्रस्ताव ल्याएको देउवाको भनाइ थियो। ‘त्यसबेला किन विरोध गर्नुभएन? राजीनामा किन दिनु भएन? अहिले आएर बोल्न लाज छैन? भीम रावल के हेरेर बसे त्यसबेला र अहिले विरोध गर्दैछन् ?