२९ आश्विन २०८३, बिहिबार

नेपाल पत्रकार महासंघका सुदूरपश्चिम संयोजक शाह व्यवसायमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash-saha

धनगढी, ८ वैशाख । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाह सहितका तीन युवाहरुले सोडा तथा फ्लेवर जुसको व्यापार सुरु गरेका छन् ।

कैलालीको क्याम्पस चौकमा साथी सोडा जुस सेन्टर नामक पसलको खोलेर उनीहरुले विभिन्न किसिमका जुसको बेच्न थालेका छन् । स्वास्थ्यलाई कुनै हानी नगर्ने दावी गरिएको साथी सोडा तथा जुस सेन्टरमा उग्रतारा टेक्निकल एण्ड गुड सप्लायर्सका टेकराज पनेरु र माइक्रटेक साइवरका हेमराज ओझापनि साझेदार छन ।

१६ वर्षदेखि पत्रकारिता पेशा अंगाल्दै आएका शाहले पत्रकारिता गरिरहनका लागि सहयोग पुगोस भन्ने हिसावले जुसको व्यापार पनि थालेको वताए । शाह स्थानीय अनुमोदन दैनिकका प्रकाशक तथा कार्यकारी सम्पादक र गोरखापत्र दैनिकमा १४ वर्षदेखि समाचारदाता छन ।

थोरै लगानी र एकजना कर्मचारीले व्यवसाय धान्न सक्ने भएकोले सहज लागेर पनि यो व्यवसाय शुरु गरेको शाहले वताए । जुस सेन्टरमा ओरेन्ज, म्याङ्गो, मसला सोडा, ड्यु, कोला, स्ट्रेवरी, पाइनापल, लिचि, लेमन, फ्रुट वियर, निम्बु पानी, मौसमी जस्ता जुसहरु पाईने गरेका छन् ।

बालबालिका, बुढा, तन्नेरीका लागि चिसो र मिठासयुक्त जुस पाइनुुले गर्मी याममा केही राहत मिल्ने र सस्तो पनि भएको शाहले बताए ।
बजारमा पाईने कोक, फ्यान्टाभन्दा अति सस्तो मुल्य र स्तरीय जुस बनाउने गरेका छौं र सबैले मन पनि पराएका छन् पत्रकार शाहले बताए । उनले भारतबाट कच्चा पदार्थ ल्याई जुस आफैले उत्पादन गरि रु.१० र २० मा बेच्ने गरेको बताए ।

जुसको बिक्रि वितरण राम्रो भए कैलालीका विभिन्न स्थानमा जुश सेन्टरहरु स्थापना गर्ने योजना रहेको अर्का सञ्चालन हेमराज ओझाले बताए । सोडा जुस सेन्टरको कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुरेन्द्र चन्दले उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारी,राप्रपाका राजवहादुर सिंह,फाया नोपलका अध्यक्ष शेरवहादुर वस्नेत,पूर्व अध्यक्ष धनपति ढुंगेल, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य कर्ण शाह,जिल्ला उपाध्यक्ष जगत साउद, कोषाध्यक्ष टंक कुँवर, धनगढी जेसीजका अगुवा तथा पदाधिकारीहरुको उपस्थिति थियो ।

उद्घाटनको अवसरमा मंगलवार विहान नौ देखि दशवजेसम्म सोडा र जुस निशुल्क वितरण गरिएको थियो ।