७ कार्तिक २०८३, शनिबार

एमालेले आर्थिक विकासलाई राष्ट्रिय एजेन्डा बनायो, यो सरकारले फुर्ति मात्रै लगायो: अध्यक्ष ओली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, २९ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा रहँदा आर्थिक विकासलाई राष्ट्रिय एजेन्डा बनाएको र मथिङ्गल हल्लिने गरी विकास गरेको बताएका छन् ।

आइतबार उद्योगी व्यवसायीहरुसँगको छलफलमा ओलीले यस्तो बताएका हुन् ।

‘राजनीतिक पार्टीहरुमा हाम्रो पार्टी पहिलो हो जसले सरकारमा गएपछि आर्थिक एजेन्डालाई प्रमुख बनायो,’ ओलीले भने, ‘यी खास विषयमा चर्चा हुँदैन्थ्यो, यसलाई हामीले राष्ट्रिय विषय बनायौं । मानिसको मथिङ्गल हल्लिने कुरा पनि भए ।’

कोरोना सुरु हुनु अघि आफ्नो सरकारले आर्थिक वृद्धि उच्च बिन्दुमा पुर्याएको बताए । ‘कोभिड प्रारम्भ हुनुभन्दा अघि हामी तीव्र विकास भइरहेको देशमध्ये पर्थ्यो,’ ओलीले भने, ‘विश्व बैंकले हामीलाई दक्षिण एशियाको राइजिङ स्टार भनेको थियो ।’

ओलीले हालको सरकारले बजेट संशोधन गरेर अनावश्यक फुर्तिफार्ति देखाएको समेत टिप्पणी गरे । ‘गठबन्धन सरकारले बजेट संशोधन गरेर अनाश्यक फुर्तिफार्ति देखाएको थियो,’ उनले भने, ‘अहिले ८ महिनामा २० प्रतिशत पुँजीगत खर्च भयो । अब बाँकी समयमा ८० प्रतिशत खर्च गनुपर्ने छ ।’

ओलीले सरकारले अनुचित तरिकाले रकम बाँडेको दावी गरे । ‘लडाकूलाई पैसा बाँड्नु आर्थिक अनुशासनहिनता हो,’ उनले भने, ‘यो कुनै समाजिक सुरक्षाभित्र पर्ने चिज होइन । यो योगदानको कुनै सम्मान पनि होइन । निकम्मा नागरिक उत्पादन गर्ने, सहजै पैसा प्राप्त गर्ने बाटोतिर सरकार गयो ।’