१४ कार्तिक २०८३, शनिबार

निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको छैनः गगन थापा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गर्ने निर्णय नभएको बताएका छन् ।

आइतबार कुडा कर्णाली उत्सवका लागि सुर्खेत पुगेका थापाले निर्वाचनमा गठबन्धन गरेर जानेबारे पार्टीमा कुनै निर्णय नभएको बताएका छन् ।

अहिले विशेष परिस्थिति भएकाले गठबन्धन सरकारले नै निर्वाचन गर्ने उनले बताए । ‘तर, यो गठबन्धन निर्वाचनमा तालमेल गर्ने विषयसँग सम्बन्धित छ,’ उनले भने, ‘यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरु भएको छ ।’

पार्टीमा आफ्नै बलले लड्ने वा गठबन्धन गर्ने भन्नेबारे दुई मत रहेको थापाको भनाइ छ । ‘अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको छ । तल्लो तहको समिति र नेताहरूको रायका आधारमा पार्टीको केन्द्रीय समितिले निर्णय गर्छ,’ उनले भने, ‘नेपाली कांग्रेस आगामी दिनमा यसको निर्णय लिन्छ ।’