१४ कार्तिक २०८३, शनिबार

१४ जना सांसदविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुँदै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ फागुन । नेकपा एमालेले कारवाही गरेका १४ जना सांसदविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि अन्तिम सुनुवाइ हुने भएको छ ।

एमाले विभाजन गरेर नेकपा समाजवादी गठन गर्ने निर्णय तथा एमालेले कारबाही गरेका १४ सांसदलाई समाजवादीमा सामेल गराएको निर्णयविरुद्ध परेका रिटमाथि अब अन्तिम सुनुवाइ हुने भएको हो ।

एमाले अध्यक्ष केपी ओलीले दिएका एमाले विभाजन सम्बन्धी छुट्टाछुट्टै तीन रिटमाथि सर्वोच्च अदालतले सुनुवाइ गरिरहेको छ ।

ती रिटलाई आइतबार न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले पूर्ण इजलासमा पठाउने भएको हो ।

अन्तिम सुनुवाइ सकिएपछि त्यस सम्बन्धी फैसला आउने भएको छ ।

एमालेले आफूले १४ जना सांसदहरुलाई कारवाही गरेको सूचना टाँस नगरेसम्म संसद बैठकमा अवरोध गर्दै आएको छ ।