२९ आश्विन २०८३, बिहिबार

अमेरिकाका नव नियुक्त राजदुत प्रा श्रीधर खत्रीलाई वाशिंगटन डिसीमा स्वागत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विजय थापा

डिसी, २९ फागुन । अमेरिकाका लागि नव नियुक्त राजदुत प्रा श्रीधर खत्री वाशिंगटन डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय बिमानस्थलबाट अमेरिका आएका छन् । उनलाई विमानस्थलमा स्वागत गर्न राजदुतावासका कार्यबाहक राजदुत कुमार राज खरेल, महा वाणिज्यदूत प्रेम राजा महत लगायत दुताबास परिवार त्यहाँ पुगेका थिए ।

राजदुत प्रा खत्रीलाई पुष्प गुच्छा र खादा लगाई स्वागत गरिएको थियो । प्रा खत्रीले ईनेप्लिज मार्फत अमेरिकाका रहेका नेपालीहरुलाई सन्देश दिएका थिए । उनले ईनेप्लिजसँग कुरा गर्दै एमसीसी संसदबाट पारित भएकोमा अब अझ अमेरिका र नेपालबीच सम्बन्ध राम्रो हुन्छ भन्ने बताए । साथै अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गर्ने आफू विश्वस्त भएको बताए ।

त्यसैगरि महावाणिज्यदुत प्रेम राजा महतले पनि राजदुत खत्री आउनु भएकोमा हर्ष व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सफारिसमा राजदुत प्रा खत्रीलाई संयुक्त राज्य अमेरिकाको राजदुतमा नियुक्त गरेका हुन् ।

राजदूत प्रा श्रीधर खत्रीले गत बुधबार शपथ ग्रहण गर्नु भएको थियो भने राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले खत्रीलाई शपथ ग्रहण गराए ।

यसअघि केपी शर्मा ओली नेतत्वको सरकारले राजदुत बनाएका पूर्वअर्थमन्त्री डा युवराज खतिवडा(विद्या वारिधि)लाई फिर्ता गरेर वर्तमान सरकारले खत्रीलाई नियुक्त गरेको थियो । संसदबाट एमसीसी अनुमोदन भएकै दिन खत्री नियुक्त भएका थिए ।

नेपाल सरकारले केही महिना अगाडी एकै पटक अमेरिकाका लागि प्रा खत्री, भारतका लागि डा शंकर शर्मा, वेलायतको लागि ज्ञानचन्द्र आचार्यलाई राजदुत मनोनयन गरेको थियो । बेलायतका राजदुत ज्ञानचन्द्र आचार्य बेलायत पुगी सकेका छन् ।

प्राध्यापक खत्री नेपालको परराष्ट्र मामिलामा पहिलो पंक्तिमध्येका अन्तर्राष्ट्रिय मामला विज्ञ मानिन्छन् । लामो समयदेखि नेपालको विदेश नीति निर्माणमा विभिन्न भूमिकामा रहेर काम गरि सकेका छन् ।

खत्री अमेरिकामा सत्तरीकै दशकमा राजनीति र कूटनीतिमा उच्च शिक्षा लिएका अन्तर्राष्ट्रिय राजनीतिका र कूटनीतिका विज्ञ हुनु हुन्छ हुन् ।

राजाको शासनकालमा नेपालका हस्ती कूटनीतिज्ञ पदमबहादुर खत्रीका छोरा श्रीधर कूटनीतिक र सुरक्षाको मामिलामा पिताको जस्तै अध्ययन गरेका व्यक्ति छन् ।