
काठमाडौँ, २९ फागुन । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।
बैठक डिल्ली बजारस्थित बिहान ११ बजे बस्न लागेको हो । बैठकमा स्थानीय तहको निर्वाचन तथा पार्टी अधिवेशन लगायत विषयमा छलफल हुने बताइएको छ ।
शनिबार जसपा संघीय परिषद्को पहिलो बैठक सम्पन्न भएको थियो । सो बैठकमा परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।












प्रतिक्रिया